ठूला लगानीमा केन्द्रित छौं ः मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले खुद्राव्यापार गरे जस्तो विकास गरेर प्रदेश बनाउन नसकिने बताएका छन् । उमेर हदका कारण सेवा निवृत्त हुनु भएका कर्णाली प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको आईतवार वीरेन्द्रनगरमा भएको विदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाहीले प्रदेशमा निर्माणका लागि ठूलो लगानी सहित तीव्र गतिको विकास कार्यलाई अगाडि बढाउनु आवश्यक रहेको औल्याए ।


उनले साना तथा वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने स्पष्ट पारे । ‘कर्णालीको विकास तथा समृद्धिको लागि बृहत गुरु योजनाको आवश्यक रहेको छ,’ उनले भने, ‘सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताको आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको छ ।’ उनले भौतिकपूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालि रहेका मुख्यमन्त्री शाहीले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजनामा सरकारले लगानी केन्द्रीत गर्ने नीति लिएको स्पष्ट पारे ।


बजेट कार्यान्वयन गर्न निर्देशन
मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा आईतवार विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुको बैठक बोलाएर नयाँ संरचना वमोजिमका कार्यालय स्थापना तथा वजेट कार्यान्वयनमा देखिएका समस्याको विषयमा मुख्यमन्त्री शाहीले जानकारी लिएका छन् । गएको साता संगठन संरचना तथा जनशक्ति व्यवस्थापनको कामलाई अन्तिम टुंगोमा पु¥याएको प्रदेश सरकारले नयाँ संरचना वमोजिमका कार्यालयहरु स्थापना गर्ने, सम्वन्धित कार्यालयहरुमा वजेट अख्तियारी पठाउने काम अगाडि वढाएको उनले जानकारी दिए ।

उनका अनुसार बजेट कार्यान्वयनका लागि प्रदेश सरकारले गम्भीर गृहकार्य गरिरहेको छ । बैठक पछि मुख्य मन्त्रीशाहीले कार्यालय स्थापना, वजेटको अख्तियारी तथा कार्यान्वयनमा देखिएका प्रक्रियागत समस्याहरु सामाधान गर्न निर्देशन दिएका छन् । मुख्यमन्त्रीशाहीले विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुलाई मन्त्रालय तथा अन्तर मन्त्रालयका वीचमा देखिएका कानूनी, प्राविधिक एवं प्रकृयागत समस्या सामाधान गरि तत्काल कार्यालय स्थापनासँगै वजेट कार्यान्वयन अगाडि वढाउन निर्देश समेत दिए ।

Translate »