सुर्खेतको एमाले मोडमा गाडी दुर्घटनामा ३ जनाको मृत्यु

सुर्खेत–कोहलपुर रत्नराज मार्गको भेरीगंगा नगरपालिका–५, एमाले मोडमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । जाजरकोटबाट नेपालगञ्ज तर्फ जादै गरेको ना ४ ख ९३ १७ नम्बरको यात्रुबाहक बस बुधबार दुर्घटना हुँदा एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

गाडीमा सवार कुल ३२ जना मध्ये गाडी चालक सहित २७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जानकारी दिए । घाईतेहरुको नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर लगायतका स्थानीय मेडिकलहरुमा समेत उपचार भईरहेको छ । ब्रेकफेल भएर गाडी दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । थप विस्तृत विवरण संकलन भईरहेको प्रहरीको भनाई छ ।

Translate »