मोडेल कलेजद्वारा पिउने पानी वितरण

सुर्खेत मोडेल कलेजले निशुल्क शुद्ध पिउने पानी वितरण गरेको छ । कलेजले कृष्णाजन्माष्टमीको अवसर पारेर लाखे जात्रा हेर्न आउने दर्शकलाई मध्यनजर गरेर शनिबार स्थानीय मंगलगढीचोक र हटियालाईनमा निशुल्क पिउने पानी वितरण गरेको हो । कलेजले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत लाखे जात्रा हेर्न आउने दर्शकलाई मध्यनजर गरे शुद्ध पिउने पानी वितरण गरिको क्याम्पस प्रमुख गणेश आचार्यले जानकारी दिए ।

उनले कलेजका तर्फबाट सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समयमा विविध सामाजिक गतिविधिका कार्यक्रम गरिँदै आएको बताए । यता कलेजले बजारमा लाखे जात्रा हेर्न आउनेहरुका निशुल्क शुद्ध पिउने उपलब्ध गराईएको प्रति सर्वसाधारणले प्रशंसा गरेका थिए ।

Translate »