मैत्रीपूर्ण क्रिकेटमा इगरव्रीज विजयी

सुर्खेतका दुई चिरपरचित ईगरव्रीज बोडिङ्ग क्रिकेट एकेडेमी र उषा बोडिङ्ग क्रिकेट एकेडेमी वीच भएको मैत्रीपूर्ण क्रिकेट खेलमा ईगरव्रीज बोडिङ स्कूल विजयी भएको छ । शनिबार कालिञ्चोक क्रिकेट मैदानमा भएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा पहिले व्याटिङ्ग गर्दै उषा बोडिङ्ग स्कूलले ३० ओभरको खेलमा २५ ओभरमै १२५ रन बनाएर अल आउट भएको थियो । प्रतिपक्षमा उत्रेको ईगरव्रीजले १२५ रनको लक्ष्यलाई ७ विकेट गुमाएर २३ ओभर २ बलमै विजयी हासिल गरेको हो ।

विजेता टोलीका तर्फबाट दीप पौडेलले ४३ बलमा ३५ रन, रोशन शाही ३३ बलमा १९ रन, राजेश खड्काले २० बलमा १४ रन, निशानजंग शाहीले २५ बलमा २६ रनको योगदान गरेका थिए । त्यस्तै बलिङ्ग तर्फ विजेता टोलीका तर्फबाट बलिङ्ग तर्फ अनुज केसीले ५ ओवरमा १२ रन खर्चेर ३ विकेट, सुयत्न चपाईले २ ओभर मा ६ रन खर्चेर १ विकेट, निशानजंग शाही ३ ओभरमा १३ खर्चेर १ विकेट प्राप्त गरे ।

 

त्यस्तै उषा बोडिङ्गको तर्फबाट व्याटिङ्गमा सचिन भट्टराईले ३० बलमा १९ रन, श्री पाण्डे ३३ बलमा १७ रन, र दिपेशजंग शाहीले ३७ बलमा २५ रन मात्र बनाउन सके भने बर्लिङ्ग तर्फ लक्ष्मण भट्टराईले ५ ओभरमा १८ रन खर्चेर १ विकेट, डिल्ली रमन बास्कोटाले ५ ओभरमा २२ रन खर्चेर ३ विकेट, दिपेश शाही ठकुरी ५ ओभरमा २० रन खर्चेर ३ विकेट र समिर खानले ३ ओभरमा ५ रन खर्चेर २ विकेट लिएको क्रिकेट प्रशिक्षक बालगोविन्द यादवले जानकारी दिए ।

Translate »