पाँचहजार फिट माथिबाट खसेकी महिला बाँचिन् !

एजेन्सी । नाम नखुलाएकी एक महिला शनिबार क्यानडाको क्युबेकस्थित ट्रोइस–रिभरेसमा स्काइडाइभिङ गर्ने क्रममा एक खतरनाक दुर्घटनामा परिन् । पाँच हजार फिट माथिको विमानबाट हाम फाल्दा तिनले लगाएको  इमर्जेन्सी र नर्मल दुवै प्यारासुट नखुलेपछि उनी तीव्र गतिमा मुनि खसिन् । यसरी एक्लै स्काइडाइभिङ गरेकी उनी त्यति उचाईबाट खसेर बाँच्लिन् भन्ने कसैले सोचेका थिएनन् । तर उनी एउटा जङ्गली क्षेत्रमा रुखहरुबीच खसिन् र उनका शरीरका विभिन्न हड्डी भाँचिए, तापनि उनको जीवनलाई भने कुनै खतरा नभएको पुलिसले जानकारी दिएका हुन् ।

सो घटना प्रत्यक्ष अवलोकन गरेका डेनिस डेमर्सले संचार एजेन्सी सीबीसीसँग भनेअनुसार उनी अन्य स्काइडाइभर भन्दा अत्यन्तै तीव्र गतिमा खसिरहेकी थिइन् । उनले थप भनेका छन्, ‘यो साँच्चै चमत्कार नै हो । मलाई त्यति माथि विमानबाट खसेको कोहीपनि व्यक्ति यसरी बाँच्न सफल भएको थाहा छैन । ”

यसरी तिनै महिलासँग विमानमा सवार अर्की स्काइ डाइभर, ओसिन डुप्लेसिस पनि हाम फाल्न तयार भएर बसेकी थिइन् । तर आफ्नो अगाडि त्यस्तो घटना देखेपछि भने उनले तिनी खस्दासम्म हेरिरहेको सीबीसीसँग बताइन् । उनले भनेकी छन्, “हामी अन्त्यसम्म पनि प्यारासुट खुलिदिए हुन्थ्यो भन्ने आशा गरिरहेका थियौँ । हामी अत्यन्तै चिन्तित थियौँ ।” पुलिसका अनुसार ती महिला अनुभवी स्काइडाइभर थिइन् र हाल यस घटनामा कुनै आपराधिक नियत हुन सक्नेबारे अनुसन्धान भइरहेको छ ।

तापनि स्काइडाइभिङबाट घाइते भएका घटना अत्यन्तै दुर्लभ मानिन्छन् । अमेरिकी प्यारासुट असोसिएसनका अनुसार २०१८ मा मात्र करिब दुई हजार स्काइडाइभमा एकजना घाइते भएका थिए अर्थात् दुर्घटनाको सम्भावना अत्यन्तै कम हुन्छ ।

Translate »