तारा विस्फोट हरेक दुई करोड वर्षमा हुन्छ र पृथ्वीमा खस्छ

सीएनएन । ताराबाट विस्फोट भएको पिण्ड अथवा सुपरनोभा अन्टार्टिकाको हिउँको टुक्रा भएको यही महिना गरिएको अनुसन्धानबाट पत्ता लागेको छ । “यस आविष्कारले सौर्य प्रणालीको इतिहास र यस वरपरको वातावरणको बारेमा उल्लेख गरिएको छ,” अगस्ट १२ मा सार्वजनिक गरिएको फिजिकल रिभ्यू लेटरको अध्ययनमा उल्लेख गरिएको छ ।

जब तारा विस्फोट हुन्छ र बादल तथा ग्यास र धुलाका कणहरु निस्किँदा सुपरनोभा उत्पन्न हुन्छ । उक्त अध्ययनका अनुसार उक्त धुलाका कणहरु एक वा धेरै ताराहरुबाट निस्किन्छन् र करिब दुई करोड वर्षपछि पृथ्वीमा खस्ने गर्छन् । पछिल्लो अध्ययनअनुसार उक्त कणहरु अन्टार्टिकाका हिउँका टुक्रा भएको पाइएको छ ।
“म साँच्चिकै निकै खुशी छु कि यस्तो वस्तु जसले करोडौं वर्षमा अर्बौं किलोमिटर यात्रा अन्तरिक्ष यात्रा गर्ने रहेछ,” यस आविष्कारका प्रमुख तथा अध्ययन प्रतिवेदनका सहलेखकसमेत रहेका न्युक्तलियर एस्ट्रोफिजिसिस्ट डोमिनिक कोलले भने, “पृथ्वीका डाटा प्रयोग गर्न सक्षम हुनु वास्तवमै अचम्म भएको छ ।”

कोलले सीएनएनसँग कुरा गर्दै भने, “अनुसन्धानकर्ताले अन्टार्टिकाबाट करिब ५०० केजी हिउँ संकलन गरेर जर्मनीको म्युनिकमा लगेर अनुसन्धान गरिएको हो ।” अनुसन्धानकर्ताले अनुसन्धानका लागि ग्रामीण क्षेत्र रोजेका थिए । किनभने त्यहाँ प्रदुषणको मात्रा कम हुन्छ । उनीहरुले त्यहाँ हिउँको परिक्षण गरेका थिए किनभने ” हामीलाई प्राप्त हुने त्यो नै एकदम शुद्ध वस्तु हो”, कोलले भने ।

उक्त हिउँ पग्लियो र त्यसमा बाँकी रहेको वस्तुलाई जलाइयो । निकै संवेदनशील उपकरणको प्रयोग गरी उक्त वस्तुको परीक्षण गरिएको थियो । उक्त परीक्षण गरिएको नमुनामा आइरन-६० फेला पर्‍यो ।  अन्तरीक्षमा भएको अधिकांश आइरन आइरन-५६ र आइरन ६० हुन् । जसमा धेरै न्युट्रोन हुन्छ जसले ती वस्तुलाई कुहिनबाट जोगाउँछ । तिनीहरु कुनै ब्रह्माण्डीय विस्फोट अथवा परमाणु हतियारका परीक्षणका क्रममा उत्पन्न हुन्छ ।

“त्यसपछि अनुसन्धानकर्ताहरु आइरन ६० को श्रोत अन्टार्टिकाको हिउँ भएको र जुन ताराबाट टुक्रिएका धुलाका कणहरु भएको निर्धारण गर्न सक्षम भए,” कोलले भने । कोलका अनुसार अब पुराना आइस कोरको परीक्षण गर्ने र सुपरनोभा कहिले र कहाँ हुन्छ र सौर्य मण्डल अन्तरीक्षको बादलको कणमा कहिले प्रवेश गर्छ भन्‍ने पत्ता लगाउनु रहेको छ ।

एसएन२००६जीवाई अहिलेसम्मकै ठूलो अन्तरीक्ष विस्फोट भएको र जुन नयाँ किसिमको सुपरनोभा हुनसक्ने नासाको चन्द्र एक्स-रे अवलोकन केन्द्रले जनाएको छ ।

Translate »