काश्मीरमा आंशिक रुपमा टेलिफोन र इन्टरनेट सेवा सुरू

श्रीनगर । भारत प्रशासित काश्मीरमा झण्डै दुई हप्तादेखि बन्द गरिएको फोन सेवालाई आंशिक रूपमा सुरू गरिएको छ ।

काश्मिर उपत्यकामा अहिले अहिले १७ वटा टेलिफोन एक्सचेन्जमार्फत ‘ल्यान्डलाइन’ सेवा मात्र सञ्चालनमा आएका छन् भने जम्मुका पाँच जिल्लामा ‘टुजी’ सेवा सहितको इन्टरनेट सेवा पनि सुरू गरिएको छ ।

ad ad
प्रशासनले उक्त क्षेत्रमा विगत १२ दिनदेखि काट्दै आएको सबै टेलिफोन लाइन आइतबार अपरान्हबाट पूर्णरूपमा सञ्चालनमा ल्याउने बताइएको छ । अगस्ट ५ मा जम्मु–काश्मीरलाई विशेष दर्जा उपलब्ध गराएको अनुच्छेद ३७० समाप्त गर्ने घोषणा गरिएसँगै सम्पूर्ण सञ्चार सञ्जाललाई काटिएको थियो ।

जम्मु काश्मीरका प्रहरी प्रमुख दिलबाग सिंहले भने, “बिहानैदेखि उपत्यकाका प्रहरी स्टेशन भएका क्षेत्रमा प्रतिबन्धलाई खुकुलो बनाइएको छ । यहाँ विगत केहीदिनदेखि अवरूद्ध केही सञ्चार सेवालाई सञ्चालनमा ल्याइसकिएको छ भने केही आइतबार साँझसम्ममा सञ्चालनमा आउनेछन् ।”

सिंहका अनुसार आइतबार साँझबाट संवेदनशील क्षेत्रहरूमा बाहेक सबै ठाउँमा टेलिफोन एक्सेन्जहरूले काम गर्न थाल्नेछन् ।

Translate »